
काठमाडौं । सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितको अस्थायी आवास निर्माणका लागि सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ ।
आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावितको अस्थायी आवास निर्माण गर्न आवश्यकताअनुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गर्ने निर्णय गरेको हो।
सो कार्यका लागि जिल्लामा जनशक्ति अपुग भएमा बाहिरबाट जनजनशक्ति उपलब्ध गराउने निर्णय पनि भएको सुचना तथा सञ्चारमन्त्री एवं सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
उनका अनुसार भूकम्प पीडितको अस्थायी आवास निर्माण भएको गुनासो आएकाले प्रभावितलाई सुरक्षित अस्थायी आवास उपलब्ध गराउन जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा सुरक्षाकर्मी परिचालन गरिनेछ ।














