Logo
Logo

सरिता दवाडी सचिवमा बढुवा



काठमाडौं । सरकारले सहसचिव सरिता दवाडी (श्वेता)लाई सचिवमा बढुवा गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले सहसचिव दवाडीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

मंगलबार बसेको बढुवा सिफारिस समितिको बैठकले एक पदका लागि तीन जनाको नाम सिफारिस गरेको थियो । जसमा दवाडी पहिलो नम्बरमा थिए भने दिनानाथ मिश्र दोस्रो र रामप्रसाद घिमिरे तेस्रो नम्बरमा सिफारिस भएका थिए ।

दवाडी ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तरगतको जलस्रोत अनुसन्धान तथा विकास केन्द्रको कार्यकारी निर्देशकका रूपमा काम गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्