Logo
Logo

प्रहरीले भन्योः अनलाइन ठगी बढ्यो, सामान किन्दा सचेत हुुनु


2.2k
Shares

काठमाडौं । नेपाल प्रहरीले अनलाइनबाट सामान किन्दा सचेत हुन आग्रह गरेको छ । पछिल्लो समय सामानको अग्रिम अनलाइन भुक्तानी गर्न लगाई डेलिभरी नगराई ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै प्रहरीले सचेत हुन आम नागरिकलाई आग्रह गरेको हो ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले विभिन्न क्षेत्रबाट यस्ता घटना भएको भन्दै उजुरी पर्न थालेकाले यकिन गरेर मात्रै सामानको भुक्तानी दिन आग्रह गरे ।

पछिल्लो समय सामाजिक सञ्जालको माध्यमबाट सस्तोमा सामानको विज्ञापन राखी अग्रिम भुक्तानी गर्न लगाई पैसा लिने र डेलिभरी नगरी ग्राहकका अकाउन्टलाई ब्लक गरी ठगी गर्ने प्रवृति बढ्दो छ ।

त्यसैले सामाजिक सञ्जालमार्फत कारोबार गर्दा सम्बन्धित पेज÷अकाउन्ट आधिकारिक हो वा होइन यकिन गरेरमात्र कारोबार गर्न प्रहरीले अनुरोध गरेको हो । प्रहरीले यस्ता ठगीका सम्बन्धमा नजिकको प्रहरी कार्यालयमा स–प्रमाण उजुरी दिन पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्