Logo
Logo

टेकनारायण विशेष अदालतको अध्यक्ष नियुक्त



काठमाडौं । सरकारले विशेष अदालतको अध्यक्षमा अध्यक्ष टेकनारायण कुँवरलाई नियुक्त गरेको छ । आज बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले कुँवरलाई विशेष अदालतको अध्यक्ष नियुक्त गरेको हो ।

त्यस्तै सदस्यहरुमा तेजनारायणसिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा नियुक्त भएका छन् । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल मुख्य न्यायाधीशमा नियुक्त भएपछि न्याय परिषद्को सिफारिस अनुसार रिक्त पदमा उनीहरूलाई नियुक्त गरिएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्