Logo
Logo

निगमको जहाज खरिदका विषयमा छानबिन सुरु



काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले नेपाल वायुसेवा निगमको जहाज खरिदका विषयमा छानबिन सुरु गरेको छ ।

निगमको जहाज खरिद प्रक्रियामा अनियमितता भएको भन्दै कार्यालयमा उजुरी परेपछि छानबिन सुरु गरेको हो । उक्त उजुरीमाथि प्रारम्भिक छानबिन सुरु गरिएको कार्यालयले जनाएको छ ।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले विमान खरिदका लागि २२ अक्टुबरमा टेन्डर (बोलपत्र) आह्वान गरेको थियो । निगमले दुर्गम क्षेत्रका विमानस्थलमा उडान भर्नका लागि तीनवटा जहाज किन्न बोलपत्र आह्वान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्