Logo
Logo

एनसेलको सेयर बेचेर नेपालबाट बाहिरिने आजियाटाको निर्णय


819
Shares

काठमाडौं । मलेसियाको आजियाटा समूहले एनसेलबाट बाहिरिने निर्णय गरेको छ । व्यावसायिक चुनौती बढेको भन्दै आजियाटा बर्हार्डले नेपालबाट बाहिरिने घोषणा गरेको हो ।

आजियाटाले बुधबार एक विज्ञप्ति जारी गर्दै यसको सम्पत्ति बिक्रीमा राखेको जनाएको छ । एनसेलमा आजियाटा ग्रुप बर्हाडको ८० प्रतिशत सेयर स्वामित्व छ । बाँकी २० प्रतिशत सेयर भने सुनिभेरा क्यापिटल भेन्चर प्रालिको छ ।

यसअघि पनि स्विडिस कम्पनी टेलिया सोनेराले कम्पनीको सेयर बिक्री गरेको थियो । त्यसबेला आजियाटाले सेयर किनेको थियो । सेयर किनेको ७ बर्षपछि आजियाटा पनि बाहिरिने निष्कर्षमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्