Logo
Logo

हमासले गर्याे थप १२ बन्धक रिहा


1.5k
Shares

काठमाडौं । युद्धविरामको ५ औं दिनमा, हमासले १० इजरायली र दुई थाई बन्धकहरूलाई रिहा गरेको छ। इजरायलले पनि ३० प्यालेस्टिनी बन्दीहरुलाई रिहा गरेको छ। तीमध्ये १५ महिला र १५ बालबालिका छन्।

इजराइल र हमासबीचको युद्धविराम बुधबार छैटौँ दिनमा प्रवेश गरेको छ । दुवै पक्षले बन्धक रिहा गर्ने सहमती गर्दै ४ दिनका लागि भएको युद्धविराम थप २ दिन लम्ब्याएको छ ।

प्रारम्भिक चार दिने युद्धविरामको ४८ घन्टाको विस्तारपछि मङ्गलबार १२ बन्धकको नयाँ समूहलाई गाजाबाट मुक्त गरिएको छ भने इजराइलले ३० प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ । बन्दीहरूका लागि बन्धकहरूको अर्को आदानप्रदानको अपेक्षासँगै विस्तारित सम्झौताको अन्तिम २४ घन्टा बुधबारपछि सुरु हुन्छ । यद्यपि मध्यस्थकर्ता कतारले थप दिगो व्यवस्थाको अपेक्षा गरिरहेको बताएको छ ।

मुक्त गरिएका इजराइली बन्धकहरूमा १७ वर्षीया मिया लिम्बर्गसहित सबै महिला थिए । लिम्बर्ग आफ्नी आमा र काकीसँग इजराइल फर्केकी थिइन् । तीनै जनालाई किबुत्ज निर यित्ज्याकबाट अपहरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्