Logo
Logo

निर्वाचन आयोगले भूकम्प प्रभावितका लागि आर्थिक सहयोग गर्ने


441
Shares

काठमाडौं । निर्वाचन आयोगले भूकम्प प्रभावितहरुका लागि आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । आयोगको आज बसेको बैठकले प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सात दिनको पारिश्रमिक रकम भूकम्प प्रभावित क्षेत्रका जनताको राहत र उद्धारका लागि प्रधानमन्त्री दैवी कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोग एवम् आयोगअन्तर्गत प्रदेश र जिल्ला निर्वाचन कार्यालयहरूका कर्मचारीहरू मध्ये सचिव र सहसचिवहरूबाट तीन दिन, उपसचिव र शाखा अधिकृतहरूबाट दुई दिन र सोभन्दा तलका कर्मचारीहरूबाट एक दिन बराबरको पारिश्रमिक जम्मा गर्ने निर्णय भएको जानकारी दिए ।

साथै आयोगले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट मृत्यु भएकाप्रति भावपूर्ण श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १५४ जनाको मृत्यु भएको थियो भने ३७२ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्