Logo
Logo

रास्वपाको उपसभापति बने स्वर्णिम वाग्ले


3.1k
Shares

काठमाडौं । राष्ट्रिय स्वातन्त्र पार्टी (रास्वपा)ले डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ ।

महोत्तरीको जलेश्वरमा बुधबार बसेको रास्वपाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले वाग्लेलाई उपसभापति बनाउने निर्णय गरेको हो ।

यसअघि उपसभापति रहेका डिपी अर्याल सोही पदमा कायमै छन् । उनी र वाग्लेसहित पार्टीमा अब दुई उपसभापति रहनेछन् ।

वाग्लेको वरीयता अर्का उपसभापति अर्यालको भन्दा पछाडि हुनेछ । गत वैशाखमा भएको उपनिर्वाचनअघि कांग्रेस छोडेर रास्वपा प्रवेश गरेका वाग्ले तनहुँ(१ बाट प्रतिनिधिसभा निर्वाचनमा अत्यधिक मतका साथ निर्वाचित भएका थिए ।

महामन्त्रीमा मुकुल ढकाल यथावत् छन् । प्रतिनिधिसभा प्रमुख सचेतकमा सन्तोष परियार निरन्तर नै रहनेछन् ।

यस्तै सहमहामन्त्रीमा कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य चयन भएका छन् । बैठकले संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठलाई निरन्तरता दिएको छ ।

पार्टी कोषाध्यक्ष लिमा अधिकारी सहकोषाध्यक्ष वसुमाया तामाङ र दीपक बोहरालाई तोकेको छ । यस्तै पार्टीका सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल, रमेश प्रसाई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्