Logo
Logo

सरकार सुशासनलाई गति दिने गरी कार्ययोजना निर्माणमा जुट्यो : गृहमन्त्री


441
Shares

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकार आर्थिक समृद्धिको यात्रामा क्रियाशील रहेको बताएका छन्।

नेकपा (माओवादी केन्द्र) दक्षिणकाली नगर कमिटीले आज फर्पिङमा आयोजना गरेको कार्यक्रममा उनले राजनीतिक परिवर्तन पछाडि जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउन सरकारको ध्यान केन्द्रित भएको बताए।

अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरोकारवालासँग गम्भीर रुपमा छलफल गरेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले छिट्टै सरकारले समस्या समाधानका लागि ठोस प्रयास अघि बढाउने बताए।

सरकारले थालेको सुशासनको अभियान नरोकिएको उल्लेख गर्दै उनले सुशासनलाई गति दिने गरी सरकारले कार्ययोजना निर्माण गरिरहेको बताए।

प्रतिक्रिया दिनुहोस्