Logo
Logo

रास्वपाले थप्यो ६ पदाधिकारी, स्वर्णिम बने उपसभापति



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ६ जना पदाधिकारी थपेको छ । महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट एक जना उपाध्यक्ष, दुई जना सहमहामन्त्री र तीन जना सहप्रवक्ता गरी ६ जना पदाधिकारी थप गरेको हो ।

रास्वपा महामन्त्री तथा प्रवक्ता मुकुल ढकालका अनुसार उपाध्यक्ष डा। स्वर्णिम वाग्ले, सहमहामन्त्रीमा विपिन आचार्य, सुमन श्रेष्ठ, सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल र रमेश प्रसाईं मनोनीत भएका छन् । रास्वपामा यसअघि नै डोलप्रसाद अर्याल उपाध्यक्ष, कविन्द्र बुर्लाकोटी सहमहामन्त्री र बसुमाया तामाङ कोषाध्यक्षमा रहेका थिए । अब पदाधिकारीको संख्या सभापतिसहित ११ पुगेको छ ।

संसदीय दलको उपनेता रहेका विराजभक्त श्रेष्ठलाई सचिवालय सदस्य बनाइएको महामन्त्री ढकालले बताए । उनले पार्टीको महाधिवेशन प्रक्रिया र नयाँ संगठनात्मक ढाँचाअनुसार पार्टी सञ्चालन गर्ने निर्णय अनुरुप सचिवालय गठन गरिएको छ ।

रास्वपाले अनिल केशरी शाह, राजन गौतम, डा। नन्दन यादव, पुकार बम र कामिनी चौधरीलाई केन्द्रीय सदस्य बनाएको छ । रास्वपाले पार्टीका १४ जना सांसदलाई पनि आजै केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्