Logo
Logo

२०८४ अघि नै मध्यावधि निर्वाचन हुन सक्छः रास्वपा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २०८४ अगाडि नै मध्यावधि चुनाव हुन सक्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

महोत्तरीको जलेश्वरमा सम्पन्न केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सभापति रवि लामिछानेले २०८४ अघि नै मध्यावधि चुनाव हुन सक्ने भन्दै पार्टीका नेता तथा कार्यकर्तालाई स्ट्याण्डवाइ रहन निर्देशन दिएका हुन् ।

उनले भनेका छन्, ‘सरकारको नेतृत्वकर्ता दल नै ०८४ को चुनावमा लागेको छ । सत्तासाझेदार दलका शीर्ष नेताहरु सरकारको कामबाट व्यापक असन्तुष्ट छन् । अर्को चुनावमा गठबन्धन हुँदैन भन्दै ०८४ कै चुनाव ताकिरहेका छन् । प्रमुख प्रतिपक्षी दल पनि मिसन ०८४ नै भन्दैछ । अन्य दल पनि ०८४ तिरै हेरिरहेका छन्,’ उनले भनेका छन् ।

लामिछानेले अगाडी भनेका छन्, ‘सरकारमा सहभागी र प्रतिपक्षी दल समेत मिसन २०८४ मा लाग्नुको मतलव यो संसदबाट काम गर्न नसकिने निष्कर्ष प्रमुख दलहरूको छ,’ मध्यावधि हुन सक्छ । त्यसैले हामी सचेत भएर प्रस्तुत हुन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्