Logo
Logo

शिवमाया तुम्बाहाम्फे कानुनमन्त्री, आजै सपथ लिँदै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ५ फागुन । प्रतिनिधि सभाको पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त भएकी छन् । बालुवाटार स्रोतका अनुसार तुम्बाहाम्फले आजै राष्ट्रपति कार्यालयमा सपथग्रहण गराउने तयारी गरिएको छ । पूर्वसभामुख तुम्बाहाम्फेले लामो समय पदबाट राजीनामा दिन आनकानी गर्दा सभामुख चयन लम्बिएको थियो ।
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यावदले कानुनमन्त्रीबाट राजीनामा दिएको लामो समयपछि उक्त मन्त्री पदमा तुम्बाहाङ्फेलाई नियुक्त गर्न लागिएको हो । तुम्बाहाम्फेले ठ्याक्कै एक महिनाअघि उससुभामुख पदबाट राजीनामा दिएकी थिइन् ।

एउटै पार्टीबाट सभामुख र उपसभामुख बन्न नपाउने भएपछि तुम्बाहाङ्फेलाई राजीनामा गर्न लगाएर सत्तारुढ दल नेकपाले अग्नि सापकोटालाई सभामुख बनाएको छ । त्यसअघि पूर्वसभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाका एक महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपलागेपछि राजीनामा दिएका थिए । महराको उक्त मुद्दामा आजै सोमबार जिल्ला अदालतमा बहस हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्