Logo
Logo

महाकाली-मेची यात्राले अस्थिर भएको राजनीतिलाई सही बाटोमा ल्याउँछः ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मेची–महाकाली यात्राले अराजक र अस्थिर भएको राजनीतिलाई सही बाटोमा ल्याउने विश्वास व्यक्त गरेका छन् ।

बिहीबार बिहान बैतडीको झुलाघाटमा झण्डोत्तोलन गरेर यात्राको उद्घाटन गर्दै अध्यक्ष ओलीले यो अभियानले अराजक र अस्थिर भएको राजनीतिलाई सही बाटोमा ल्याउने विश्वास व्यक्त गरेका हुन् ।

‘सरकारी अकर्मण्यता र देशको ओरालो लाग्दो अर्थतन्त्र, अराजक र अस्थिर भएको राजनीतिलाई सहि बाटोमा ल्याउने सन्दर्भमा चिन्तन मनन र नीति योजना निर्माण गर्न यस अभियानले मद्दत पुर्‍याउनेछ भन्ने विश्वास लिएको छु,’ उनले भने ।

साथै उनले यो पदयात्रा संवाद र अध्ययनको यात्रा भएको पनि बताए । ‘यो यात्रा संवाद र अध्ययनको यात्रा हो । यो यात्रा नेपाली जनताको राष्ट्रिय आकांक्षा ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाइ छाड्ने संकल्प यात्रा हो । जसलाई नेकपा एमालेले आफ्नो उद्देश्य र गन्तव्य बनाएको छ,’ उनले भने ।

अध्यक्ष ओलीले यात्राका क्रममा मध्य पहाडी भूभागमा विकासका सम्भावना, त्यहाँका युवा र जनशक्तिको अपेक्षा, उत्पादन, रोजगारी, सिप विकासको अध्ययनबारे जनतासँग सघन संवाद गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्