Logo
Logo

यस्तो छ एमालेको २१ दिने सङ्कल्प यात्राको समय र तालिका



काठमाडौँ । नेकपा (एमाले) को ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’आजबाट सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बिहान बैतडीको झुलाघाटबाट राष्ट्रिय झन्डोत्तोलन गर्दै समृद्धिका लागि सङ्कल्प यात्रा’ शुभारम्भ गरेका हुन् ।

स्थानीय झाँकी बाजागाजा र नारा जुलुससहित ओलीले झन्डोत्तोलन गरेका हुन् । शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मध्य पहाडी लोकमार्ग यात्राले देशको नीतिमा निर्माणमा चिन्तन मनन गर्न र स्थलगत अध्ययन तथा छलफल गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना पूरा गर्न अभियान थालिएको उनले बताए । राजनीतिक अस्थिरता अन्त्य गर्न र सकारात्मक परिवर्तनका लागि अभियान फलदायी हुने उनको भनाइ थियो ।

अध्यक्ष ओलीले यात्राका क्रममा मध्य पहाडी भूभागमा विकासका सम्भावना, त्यहाँका युवा र जनशक्तिको अपेक्षा, उत्पादन, रोजगारी, सिप विकासको अध्ययनबारे जनतासँग संवाद गर्ने पनि बताए । एमालेले मध्य पहाडी राजमार्ग अन्तर्गतका २६ वटा जिल्लाको करिब १ हजार ८ सय ७९ किलोमिटरको यात्रा २१ दिनसम्म गर्दै छ ।

‘सम्बन्ध स्थानीय सन्देश राष्ट्रिय’ भन्ने उद्घोषका साथ शुरु भएको ‘झुलाघाट चिवा भञ्ज्याङ ,समृद्धिका लागि सङ्कल्प यात्रा’ मा अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, सचिव पद्मा अर्याल, योगेश भट्टराई र लेखराज भट्टराई, स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्य र केन्द्रीय सदस्य लगायतका नेताहरू सहभागी छन् । यात्रा चिवा भञ्ज्याङ पुगेर सकिने छ ।

एमालेले २१ दिनको संककल्प यात्राको समय कार्यतालिका सार्वजनिक गरेको छ । यात्राको कैममा कुन समयमा कहाँ के-के गर्ने भन्ने तालिकामा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्