Logo
Logo

फर्स्ट माइक्रोफाइनान्सद्वारा लाभांश घोषणा


104
Shares

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगदसहित कुल १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले १७ करोड २१ लाख रुपैयाँ बराबर लाभांश प्रदान गर्नेछ । कम्पनीको लाभांश गत वर्षको तुलनामा घटेको हो । गत आर्थिक वर्ष १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश प्रदान गरेको थियो । फर्स्ट माइक्रोफाइनान्ससहित ७ माइक्रोफाइनान्सले हालसम्म लाभांश घोषण गरेका छन् ।

यसअघि धौलागिरि, सपोर्ट, एनआईसी एसिया, स्वावलम्बन, आरएसडीसी र युनिक नेपाल लघुवित्तले लाभांश घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्