Logo
Logo

नेपालमा चल्ने सामाजिक सञ्जालकाे प्रभावबारे अध्ययन गर्दै सरकार


630
Shares

काठमाडौं । सरकारले नेपालमा चल्ने सामाजिक सञ्जालहरू र त्यसको प्रभावबारे प्रारम्भिक अध्ययन अघि बढाएको छ।

नेपालभित्र चलिरहेको विभिन्न सामाजिक सञ्जाल र लाइभ स्ट्रिमिङ एपहरूबारे आन्तरिक रूपमा अध्ययन भइरहेको प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ प्रकाश रायमाझीले जनकारी दिए ।

नेपालमा थुप्रै सामाजिक सञ्जाल र लाइभ स्ट्रिमिङ एपहरू चलाइरहेकाले ती एपहरू कुन समूहले के प्रयोजनका लागि चलाइरहेका छन् भन्नेबारे बुझ्न अध्ययन सुरू गरेका उनले बताए ।

यस्ता सामाजिक सञ्जाल र एपहरुबाट समाजमा सद्भाव भड्काउने जस्ता क्रियाकलाप हुन थालेको भन्दै पछिल्लो समय सरकारले चिनियाँ एप टिकटकलाई प्रतिबन्ध लगाएको छ ।

यस्ता एपहरूको प्रयोग लगायत विषयमा नेपालमा पर्याप्‍त अध्ययन कारण पनि सर्वेक्षण अघि बढाइएको रायमाझीले बताए ।सरकारले गरिरहेको अध्ययनमा आवश्यकता अनुसार साइबर ब्युरो, नेपाल प्रहरीहरूबाट समेत समन्वय गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्