Logo
Logo

अन्तर्राष्ट्रिय समितिद्वारा विपिन जोशीलाई रिहाइ गर्न आग्रह



काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले विपिन जोशीको रिहाइका लागि हमासलगायत अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ । बिहीबार बसेको समितिको बैठकले यस्तो आग्रह गर्दै विज्ञप्ति जारी गर्ने निर्णय गरेको सभापति राजकिशोर यादवले जानकारी दिएका हुन् ।

बैठकपछि सभापति यादवले भने, ‘विपिन जोशीको विनाशर्त अविलम्ब रिहाइका लागि हमास लगायत अन्तर्राष्ट्रिय शक्तिहरूसँग आग्रह गरेका छौँ । नेपाल कुनैपनि पक्षधरता देश नरहेको र हामी जहिले शान्तिको वकालत गर्ने भएकाले हाम्रो नागरिकलाई कुनै पनि कारणविना यसरी बन्धक बनाइनुहुँदैन भन्ने हाम्रो मान्यता हो ।’

प्रतिक्रिया दिनुहोस्