Logo
Logo

सर्दै एकीकृत समाजवादीको महाधिवेशन


1k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको महाधिवेशन सर्ने भएको छ । एकीकृत समाजवादीको गत भदौ ७ गतेको केन्द्रीय कमिटीले माघ १४ देखि १८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो । काठमाडौंमा गर्ने भनिएको पहिलो महाधिवेशन राष्ट्रियसभाको निर्वाचनका कारण धकेलिने भएको हो ।

पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार राष्ट्रियसभाको निर्वाचनका कारण महाधिवेशन अलिक पछाडि सर्ने भएको छ । तर, त्यसबारे निर्णय भने आगामी सचिवालय बैठकले गर्ने भएको छ ।

सरकारले राष्ट्रियसभाको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको छ । फागुनमा राष्ट्रियसभाका २० सांसदको पद रिक्त हुँदैछ । एक महिनाअगावै निर्वाचन गर्नुपर्ने व्यवस्थाअन्तर्गत् माघ ११ मा राष्ट्रिय सभाको निर्वाचन हुन लागेको हो ।

एकीकृत समाजवादीले मसिर १८ गते सचिवालय बैठक बोलाएको छ । उक्त बैठकमा महाधिवेशनसँगै विवादित अन्तरपार्टी निर्देशन र राष्ट्रियसभा निर्वाचनबारे छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्