Logo
Logo

बलात्कार प्रयासको मुद्दामा महरालाई सफाइ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ५ फागुन । जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको बलात्कारको प्रयासको मुद्दामा सफाइ दिएको छ । काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठका अनुसार न्यायाधीश अम्बरराज पौडेलको इजलासले सोमबार उनलाई सफाइ दिने फैसला गरेको हो ।
संसदकी एक महलिामाथि बलात्कार प्रयास गरेको आरोप महरा गत १९ असोजमा पक्राउ परेका थिए ।  यसअघि ३ पुसमा महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेश उच्च अदालतले सदर गरेको थियो । तर, उच्च अदालतले एक महिनाभित्र मुद्दाको टुंगो लगाउन जिल्लालाई निर्देशनात्मक आदेशसमेत दिएको थियो । उनलाई १८ कात्तिकमा डिल्लीबजार कारागार चलान गरिएको थियो ।
पुर्पक्षका लागि थुनामा राख्ने जिल्लाको आदेशविरुद्ध महरा ५ मंसिरमा उच्च अदालत गएका थिए । जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा राख्नेगरी भएको आदेश कानुन विपरित भन्दै महराले उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्