Logo
Logo

पूर्व आईजिपीका घुुमवाहरु तानिए


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ५ फागुन ।
पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले तराईका जिल्लामा खटाएका विवादास्पद घुमुवाहरु हटाइएका छन् । प्रहरी प्रधान कार्यालयले उनीहरुलाई त्यहाँबाट हटाएको हो ।


खनालले करिब एक दर्जनलाई तराईमा खटाएका थिए । लामो समयदेखि तराईमा घुुमुवा बसेर आर्थिक लेनेदेनमा भएका उनीहरु विवादास्पद गतिविधिमा थिए । उनीहरुमध्ये केडी साह, विनोद साह र सत्यनारायण मिश्र लगायतलाई फिर्ता बोलाएको हो । उनीहरु विप्लव नेता कुमार पौडेल हत्याका आरोपी हुन् । उनीहरुलाई पक्राउ गर्न सरकारले पत्राचार गरिसकेको छ ।
त्यस्तै खनालको कार्यकालमा बदनाम रहेका केही प्रहरीहरुमाथि समेत छानबिन सुरु हुने भएको छ । विवादास्पद सई विजय यादबमाथि छानबिन सुरु भएको स्रोत बताउँछ । त्यस्तै, निवासमा बसेर पत्रकारको कल डिटेल हेर्ने र इन्सपेक्टर राजेश पुरी लगायतका प्रहरी समेत छानबिनमा छन् ।

प्रतिक्रिया दिनुहोस्