Logo
Logo

एनएसएलमा आज वीरगञ्ज र चितवन भिड्दै


441
Shares

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज वीरगञ्ज युनाइटेड एफसी र चितवन एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजेबाट शुरु हुनेछ । खेलमा यी दुवै टिम पहिलो जितको खोजीमा हुनेछन् ।वीरगञ्ज यसअघि पहिलो खेलमा धनगढी एफसीसँग पहिलो खेलमा २–१ ले पराजित भएको थियो ।

प्रतियोगितामा चितवनको यो तेस्रो खेल हो । चितवनले पहिलो धनगढी एफसीसँग १–० र दोस्रो खेलमा काठमाडौं रेजर्ससँग १–१ को बराबरी खेल्दै अंक बाँडेको थियो ।

प्रतिक्रिया दिनुहोस्