Logo
Logo

डडेलधुराबाट देउवालाई ओलीको फोन- त्यता सबै ठिक छ नि ?


2.3k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग फोन वार्ता गरेका छन् । मेची–महाकाली अभियानको सिलसिलामा डडेलधुरा पुगेका ओलीले मोबाइलमार्फत देउवासँग कुराकानी गरेका हुन् ।

देउवाको गाउँ गन्यापधुरा नजिक बसेका उनले देउवाको याद आएर फोन गरेको बताएका छन् । ओलीले सामाजिक सञ्जालमा उक्त फोनवार्ताको सानो भिडियो क्लिप सार्वजनिक गरेका हुन् । सो क्रममा ओलीले जय नेपाल भन्दै कुराकानी सुरु गरेका छन् । ओलीले आफू डडेलधुरा पुगेको बताएपछि देउवाले गृह जिल्लामा स्वागत छ भनेका थिए ।

सार्वजनिक भिडियोमा ओलीले देउवासँग काठमाडौंतिरको हालखबर सोधेका छन् । देउवासँग भएको थप कुराकानीबारे ओलीले केही बताएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्