Logo
Logo

उपत्यकामा तार भूमिगत गर्न सडक विभागले अनुमति दिएन: कुलमान


693
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सडक विभागले अनुमति नदिँदा काठमाडौं उपत्यकाका तार भूमिगत गर्न नसकिएको बताएका छन् ।

ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र दोस्रो चरणमा जडान गरिएको स्मार्ट सडक बत्ती उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले उपत्यकामा तार भूमिगत गर्ने कुरामा सडक विभागले अनुमति नदिँदा सबै काम ठप्प भएको बताएका हुन् ।

उनले भने, ‘उपत्यकाका तार अन्डरग्राउन्ड गर्ने ठुलो योजना छ । तर, सडक विभागले सात महिना भइसक्दासमेत अनुमति नदिँदा काम गर्न सकेका छैनौं ।’

उनले नेपालमा धेरै ठाउँमा समन्वयको अभाव रहेको पनि बताए । सडक विभागले तार भूमिगत गर्न नदिँदा ठुला कन्ट्याक्टरहरु काम छोडेर भाग्ने अवस्थामा पुगेको उनको भनाई छ ।

त्यस्तै उनले एउटा रुख काट्न नसकेर एक वर्षसम्म राष्ट्रिय महत्वको अपर अरुण १ हजार ६१ मेगावाटको योजना अलपत्र परिरहेको बताए । एक वर्षसम्म अनुमति नदिई काम गर्न नदिने प्रवृत्तिबाट देश बन्न नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्