काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रूतबस सेवालाई विस्तार गरिने बताएका छन् । शुक्रबार काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सुर्यबिनायकसम्म सञ्चालनमा रहेको द्रूतबस सेवाको अनुगमन गर्दै मन्त्री ज्वालाले यसलाई प्रभावकारी बनाउँदै अन्य रुटमा समेत सेवा विस्तार गर्ने तयारी भइरहेको जानकारी दिएका हुन् ।

मन्त्री ज्वालाले चक्रपथ लगाएत अन्य रुटमा सेवा विस्तार गर्न सकिने बताए । उनले सार्वजनिक सवारी यातायातलाई व्यवस्थीत गर्दै सुरु गरेको सेवा सञ्चालमा केहि चूनौति र समाधान रहेको भन्दै त्यसलाई समाधान गर्दै दिगो बनाउने धारणा राखे ।
अनुगमनका क्रममा मन्त्री ज्वालाले सुर्यबिनायकदेखि जडिबुटीसम्म द्रुत बसमा चढेरै बस सेवाको अनुगमन गरेका थिए । हाल सो रुटमा प्रत्येक ३–३ मिनेटको फरकमा ३६ वटा बस संचालनमा रहेका छन् ।














