Logo
Logo

काठमाडौं महानगरले माग्यो २३० कर्मचारी


1.9k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले करारमा कर्मचारी नियुक्तिका लागि आवेदन माग गरेको छ । गरिब घरपरिवार पहिचानका लागि तथ्यांक संकलन गर्न महानगरले दरखास्त माग गरेको हो ।

काठमाडौं महानगरपालिकाभित्र गरिब घर परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमका लागि २३० कर्मचारीका लागि आवेदन माग गरिएको छ ।

बढीमा पाँच महिनाका लागि नियुक्ति दिन लागिएको महानगरले जनाएको छ । इच्छुक व्यक्तिले पुस ६ गतेसम्म अनलाइनबाट आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्