Logo
Logo

नेपाल एयर र त्रिभुवन विमानस्थल व्यवस्थापन करारमा दिँदा कसो होला ?- पर्यटनमन्त्री


1k
Shares

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन करारमा सञ्चालन गर्दा के होला भनी सुझाव मागेका छन् ।

मन्त्री किरातीले आज (शनिबार) सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र नेपाल बायुसेवा निगमलाई व्यवस्थापन करारमा दिँदा कसो होला भन्दै सुझाव माग गरेका हुन्।

मन्त्री किरातीले कर्मचारीको काम नगर्ने, एक आपसमा दोषारोपण गर्ने प्रवृत्ति रहेको भन्दै यस्ता संस्थालाई पुनर्संरचना गर्ने सही समय आएको बताएका छन् ।

उनले लेखेका छन्, ‘नेपाल बायुसेवा निगमलाई राष्ट्रिय वाणिज्य बैंक लगायतका संस्थाहरुलाई जस्तै र बार्षिक १२ अर्ब कमाउने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई सुरक्षाको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारले नै लिने गरी बार्षिक २० अर्ब भन्दा बढी दिन्छ भने managment contract (व्यवस्थापन करार) गरी सिंगापुर लागायत विश्वका चर्चित एयरपोर्टहरु जस्तै सञ्चालन गर्दा कसो होला ?’

प्रतिक्रिया दिनुहोस्