Logo
Logo

दुर्गा प्रसाईको तर्क- स्थायी शान्ति कायम गर्न राजतन्त्र आवश्यक


693
Shares

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले मुलुकमा स्थायी रुपमा शान्ति कायम गर्न राजतन्त्र आवश्यक रहेको तर्क गरेका छन् ।

शनिबार ललितपुरको लगनखेलमा आयोजित सभालाई सम्बोधन गर्दै प्रसाईँले गणतन्त्रका कारण मुलुकमा स्थायी शान्ति हुन नसकेको भन्दै स्थायी रुपमा शान्ति कायम गर्न राजतन्त्र आवश्यक रहेको तर्क गरेका हुन् ।

उनले कार्यकारी प्रधानमन्त्री, हिन्दु राष्ट्र, प्रदेश खारेज र राजसंस्थाका बिषयमा जनमत संग्रह गर्न चूनौति दिए । प्रसाईँले आफुलाई बिभिन्न स्थानमा कार्यक्रम गर्न प्रतिवन्ध लगाएको भन्दै प्रतिवन्धको असर आफुलाई नभई लगाउनेलाई नै हुने जिकिर गरे ।

प्रसाईँले आफुहरुको आन्दोलन नागरिकको गाँस बास र कपासको लागि भएको बताए । उनले देश र स्वास्थ्य क्षेत्रलाई समाप्त पार्न तोसिमा कार्कीले डा गोविन्द केसीलाई प्रयोग गरेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्