
काठमाडौं । विश्व जलवायु शिखर सम्मेलन (कोप २८) मा सहभागी हुन यूएईमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किँदै छन्।
प्रधानमन्त्री फ्लाई दुबईको विमानमार्फत् आज साँझ ६ बजे काठमाडौं आइपुग्ने उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। उनका अनुसार प्रधानमन्त्रीले कोप सम्मेलनको उपलब्धिबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी जानकारी गराउने छन्।
प्रधानमन्त्री प्रचण्ड कोप २८ सम्मेलनमा सहभागी हुने मंसिर १३ गते यूएई गएका थिए। शनिबार कोप २८ मा सम्बोधन गर्दै उनले बढ्दो तापमानका कारण हिमताल फुट्ने खतरा रहेको बताए। उनले नेपालले जलवायू परिवर्तनमा भोगिरहेको समस्याबारे विश्वसमुदायको ध्यानाकर्षण गराउँदै सहयोग माग गरे।














