
काठमाडौं । नेपालमा पहेंलो धातु सुनको भाउले आज पनि नयाँ किर्तीमान कायम गरेको छ । निरन्तर वृद्धि हुँदै आएको सुनको भाउ आज प्रतितोला ८ सय रुपैयाँले बढेर १ लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अहिलेसम्म नेपाली बजारमा सुनको मूल्य यो उचाइमा पुगेको थिएन । गत साताको शुक्रबार छापावाल सुनको भाउ तोलामा १ लाख १९ हजार रुपैयाँ र तेजाबी सुनको भाउ तोलामा १ लाख १८ हजार ४५० रुपैयाँ कायम थियो । जुन, आज ८ सय ले बढेर तोलामा १ लाख २० हजार ८ सय पुगेको हो । यस्तै, आज तेजाबी सुनको भाउ १ लाख २० हजार २ सय रुपैयाँ कायम छ ।
यस्तै, आज चाँदीको कारोबार मूल्य तोलामा १५ सय ४५ रुपैयाँ कायम भएको छ । यो गत शुक्रबारको तुलनामा ५ रुपैयाँले बढेको हो । शुक्रबार चाँदीको कारोबार मूल्य तोलामा १५ सय ४० रुपैयाँ कायम थियो ।














