Logo
Logo

थुनामा रहेका पूर्वगृहमन्त्री खाँणलाई कांग्रेसको सम्मान


4.9k
Shares

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई काँग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले सम्मान गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा थुनामा रहेका खाँडलाई शनिवार कांग्रेस प्रदेश समितीले सम्मान गरेको हो ।

पार्टी सभापति शेरबहादुर देउवाले बालकृष्णको सम्मान पत्र उनका भाइ रामकृष्ण खाँणलाई हस्तान्तरण गरेका हुन् । रामकृष्ण रुपन्देही काँग्रेस सभापति पनि हुन् ।

पूर्वगृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँण नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउन संलग्न रहेको आरोपमा वैशाख २७ गते निवासबाटै पक्राउ परेका थिए । उनी हाल केन्द्रिय कारागारमा थुनामा रहेका छन् ।

सभापति देउवाले ‘अदालतबाट अभियोग पुष्टि भई नसकेको’ भन्दै खाँणले न्याय पाउने बताउँदै आएका छन् । उच्च अदालत पाटनमा शुक्रवार आदेश दिने क्रममा नेपाली काँग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणको विषयमा दुई न्यायाधीशबीच मत बाझिएको थियो ।

प्रतिक्रिया दिनुहोस्