Logo
Logo

दुवई पुगेरमात्र ३१ जना यात्रु छुटेको थाहा पाएँ : प्रधानमन्त्री


1k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना लागि उडान दुई घण्टा अगाडि सार्दा ३१ जना यात्रु छुटेको विषय दुबई पुगेपछि मात्र थाहा पाएको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्ड जलवायु परिर्वतनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी हुन बुधबार राति नेपाल एयरलाइन्सको विमानबाट दुबई गएका थिए । उनको यात्राका लागि उडान दुई घण्टा अगाडि सार्दा ३१ जना यात्रु छुटेका थिए । जो रोजगारीका लागि दुवई जाँदै थिए ।

तर, प्रधानमन्त्री प्रचण्डले आफू चढेको विमानमा यात्रु छुटेको कुरा दुवई पुगेर मात्र थाहा पाएको भन्दै स्पष्टीकरण दिएका छन् । आइतबार स्वदेश फकिँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री प्रचण्डले यसबारे भने, ‘३१ जना यात्रु छुट्दैछन् भन्ने थाहा भएको भए म २ घण्टा छिटो ल्याउन दिने थिइनँ । जुन टाइम हो, त्यही टाइममा जान्थेँ ।’

नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले आफ्नो फ्लाइटको टाइम मिलाएको भन्ने जानकारी आफूले पाएको बताउँदै उनले भने, ‘मैले त क्यानले मिलायो भन्ने मात्र बुझेँ । उहाँ पुगिसकेपछि मात्र थाहा भयो कि मेरो कारणले २ घण्टा छिटो ल्याउन खोज्दा ३१ जना यात्रु छुटेका रहेछन् । मैले साथीहरुलाई भने पनि यो कुरा मलाई यहाँ थाहा भएको भए प्लेन रोकेर पनि लिएर जान्थेँ ।’

प्रतिक्रिया दिनुहोस्