Logo
Logo

‘जलवायु वित्तलाई समर्थन गर्ने कोप-२८ घोषणा सकारात्मक’


एजेन्सी

441
Shares

दुवई । आइसल्याण्डका प्रधानमन्त्री क्याट्रिन जाकोब्सडोटिरले जलवायु वित्तलाई समर्थन गर्ने कोपको घोषणालाई सकारात्मक भन्दै यो ‘विश्वव्यापी स्तरमा आशालाई प्रेरित गर्ने’ महत्त्वपूर्ण कदम भएको टिप्पणी गरेकी छन्।

इमिरेट्स समाचार एजेन्सी (डब्ल्यु ए एम)ले उल्लेख गरेअनुसार आइसल्याण्डका प्रधानमन्त्रीले कोप–२८ का पक्षहरूको सम्मेलनले आजको विश्वका जल्दाबल्दा चुनौतीहरूलाई सामाना गर्न महत्त्वपूर्ण निर्णयहरू लिनेमा आफू विश्वस्त रहेको पनि बताएकी छन् ।

प्रधानमन्त्रीले आज आइतबार विश्व जलवायु कार्य शिखर सम्मेलनमा आफ्नो देशकातर्फबाट सम्बोधन गर्दै कार्बन उत्सर्जन घटाउनका लागि आफ्नो देशले विभिन्न प्रयासलाई तीव्र पार्दै, स्वच्छ ऊर्जा एवं हरित समाधानतर्फको मार्गलाई समर्थन गर्ने विषयमा जोड दिए । उनले नवीकरणीय ऊर्जा क्षेत्रको लगानीलाई विश्वव्यापी आर्थिक विस्तार र हरित प्रविधिको प्रवर्धनमा लगाउँनु पर्नेमा थप सजक हुन आग्रह गरेकी हुन् ।

‘ग्लोबल स्टकटेक’को महत्त्वलाई थप प्रकाश पार्दै जलवायु परिवर्तनको अपेक्षित नकारात्मक नतिजाहरूबारे चेतावनी पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्