Logo
Logo

नक्कली शरणार्थी प्रकरण : ४ जनालाई सम्पत्ति शुद्धीकरण विभाग लगिने


11.2k
Shares

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा उच्च अदालतको आदेशअनुसार धरौटी रकम बुझाएका तीनजना र साधारण तारिखमा रिहा भएका एक जनालाई आज (सोमबार) सम्पत्ति शुद्धीकरण विभाग लगिने भएको छ।

उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरणको पनि मुद्दा भएकाले त्यहाँ बुझाउन लागिएको हो। सरकारी कर्मचारीलाई भने त्यसपछि अख्तियारमा पनि बुझाइने छ।

उच्च अदालतको आदेशबमोजिम नरेन्द्र केसीले १० लाख, शमशेर मियाँले १० लाख र हरिभक्त महर्जनले १५ लाख रुपैयाँ धरौटी आइतबार बुझाएका हुन्। यस्तै आषिश बुढाथोकीलाई साधारण तारेखमा रिहा गर्न उच्च अदालतले आदेश दिएको छ।

केन्द्रीय कारागारका प्रमुख ललितकुमार बस्नेतका अनुसार चारै जनालाई रिहा गर्न आइतबारै पत्र आइसकेको भए पनि ढिला भएकाले सोमबार मात्रै रिहा गरी सम्पत्ति शुद्धीकरण विभागमा पठाउन लागिएको हो।

उच्च अदालत पाटनले शुक्रबार नक्कली शरणार्थी प्रकरणका ६ अभियुक्तलाई धरौटीमा तथा ४ जनालाई साधारण तारेखमा रिहा गर्न र ९ जनालाई थुनामै राख्न आदेश दिएको छ।

लक्ष्मी महर्जन, आशिष बुढाथोकी, टंककुमार गुरुङ र केशव तुलाधरलाई साधारण तारेख तथा टेकनाथ रिजाल, नरेन्द्र केसी, हरिभक्त महर्जन, शमशेर मियाँ, सन्दीप रायमाझी र रामशरण केसीलाई धरौटीमा छाड्न आदेश भएको हो।

प्रतिक्रिया दिनुहोस्