काठमाडौं, ७ फागुन
संविधान निर्माणमा महत्वपूर्ण योगदान दिएको भन्दै सरकारले पहिलो र दोस्रो संविधानसभाका सभासद्लाई संविधानसभा पदक दिने निर्णय गरेको थियो । प्रतिपदक करिब ५० हजार रुपैयाँ खर्च गरेर बनाइएको यस्तो पदक गृह मन्त्रालयमै अलपत्र परेको छ । अझै दुई सय ४६ पूर्वसभासद्ले पदक नबुझेको गृह मन्त्रालयले जनाएको छ । ठूलो संख्यामा पूर्वसभासद्हरूले पदक नबुझेपछि गृहले सूचना निकालेर नै बुझ्नका लागि आग्रह गरेको थियो । लिन नआएपछि कतिपयलाई घरमै र्पुयाइदिनसमेत थालेको छ ।

पदक नलिनेमा कांग्रेस सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विजयकुमार गच्छदार, विमलेन्द्र निधि, शशांक कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, प्रकाशशरण महत, वामदेव गौतम, महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, उपेन्द्र यादव, नारायणमान बिजुक्छे, चित्रबहादुर केसी, अर्जुननरसिंह केसी, अशोक राई, आरजु राणा देउवा, गगन थापा, दीपक बोहरा, धर्म्शिला चापागाईं, नीलाम्बर आचार्य, प्रदीप गिरी, विनोद चौधरी, मीनेन्द्र रिजाल, सुजाता कोइराला, इच्छाराज तामाङलगायत छन् ।
पूर्वराष्ट्रपति डा. रामवरण यादव तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, सूर्यबहादुर थापाको पदकसमेत गृह मन्त्रालयमा अलपत्र परेको छ । सभासद्हरूको पदक भने रद्द नगरिने गृहले जनाएको छ ।











