
काठमाडौं । सुन तस्करी प्रकरणको छानबिनका लागि सरकारद्वारा गठित उच्चस्तरीय समितिले राहुल महरालाई बयानका लागि बोलाएको छ ।
विद्युतीय चुरोट (भेप) मा लुकाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा मुछिएपछि १३ भदौमा पक्राउ परेका राहुल अहिले पुर्पक्षका लागि थुनामा छन् ।
उनलाई बयानका लागि मंगलबार उपस्थित गराइदिन भन्दै छानबिन समितिले केन्द्रीय कारागार, सुन्धारालाई पत्राचार गरेको हो । उनलाई केहीबेरमा सिंहदरबारस्थित उच्चस्तरीय छानबिन समितिको कार्यालयमा उपस्थित गराइने स्रोतले बतायो ।