
काठमाडौं । भारतीय विदेश मन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउने भएका छन् । उनी नेपाल–भारत विदेश मन्त्रीस्तरीय संयुक्त बैठकमा सहभागी हुन जनवरीको पहिलो साता काठमाडौं आउन लागेका हुन् ।
उद्यपी उनी जनवरीको पहिलो साता आउने भनिएपनि मिति भने तय भइनसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनको भ्रमणको तयारीमा परराष्ट्र मन्त्रालय र नेपालस्थित भारतीय दूतावास जुटिसकेका छन् । संयुक्त बैठकको एजेण्डा लगायत सम्पूर्ण तयारी पुरा भएपछि मिति तय हुने मन्त्रालय जनाएको छ ।
भ्रमणको क्रममा जलविद्युत, सीमा सुरक्षा, उद्योग व्यपारलगायतका विषयमा छलफल हुने बताइएको छ । भारतले नेपालबाट १० हजार मेगावाट विद्युत खरिद गर्ने निर्णय गरिसकेको छ । त्यस विषयमा पनि सम्झौता हुने भनिएको छ ।














