Logo
Logo

ओखलढुंगामा देउवालाई पहिचानवादीले देखाए कालो झन्डा


945
Shares

ओखलढुंगा । ओखलढुंगामा पहिचानवादीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई कालो झन्डा देखाएका छन् ।

जिल्लामा नवनिर्मित बिपी स्मृति भवन उद्घाटन तथा प्रथम जिल्ला सम्मेलन उद्घाटन गर्न ओखलढुंगा आएका सभापति देउवासहितका नेताहरुलाई पहिचानवादीले नारा–जुलुस गर्दै कालोझन्डा देखाउन र कार्यक्रम बिथोल्न खोजेका थिए ।

उक्त क्रममा कोशी नाम खारेज गरी प्रदेश १ को पुनः नामकरण गर्न माग गर्दै आन्दोलित नौजना पहिचान पक्षधर नेता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिका जिल्ला अध्यक्ष थगेन्द्र राई, सचिव दीपेन्द्र रुम्दाली, किराँत राई यायोक्खाका केन्द्रीय महासचिव भीम राईसहित रेखराज राई, चम्मर राई, दुर्गाबहादुर राई, इन्द्रबहादुर राई, अश्विन राई र सुजन राई रहेको जिल्ला प्रहरी प्रमुख दीपक केसीले बताए। कार्यक्रम बिथोल्न र नेताहरूलाई कालोझन्डा देखाउन थालेपछि पक्राउ गरिएको उनको भनाइ छ।

पहिचान पक्षधरले जिल्लामा आउने दलका नेतालाई निरन्तर अवरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्