Logo
Logo

नकारात्मक मात्र प्रचार भयो, सरकार सम्बृद्धिकै बाटोमा छः प्रधानमन्त्री ओली


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ७ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको समृद्धिको यात्रामै रहेको तर नकारात्मक कुराको प्रचार गरेर अवरोध गर्न खोजिएको गुनासो गरेका छन्। सरकारविरुद्ध अवरोध सिर्जन गर्न खोजिएपनि त्यसलाई परास्त गरेर अघि बढ्ने उनको भनाइ छ।

 

७० औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आगामी दिनमा गर्नुपर्ने कामहरूको सूची लामो भएको उल्लेख गर्दै सरकारले समृद्धिको यात्रामा लम्किरहेको बताए। समृद्धिको यात्रामा अघि बढेको सरकारले केही काम शुरु गरेको, केही शुरु हुने अवस्थामा रहेको र केही सम्पन्न भइसेको प्रधानमन्त्री ओलीको भनाइ छ। आफ्नो सम्बोधनको अधिकांश समय समृद्धिका विषयमा खर्चेका प्रधानमन्त्रीले सन् २०३० सम्म दीगो लक्ष्य हासिल गर्ने तयारीमा सरकार रहेको दाबी पनि गरे।

प्रतिक्रिया दिनुहोस्