Logo
Logo

आज प्रजातन्त्र दिवस : राष्ट्रपतिद्वारा ३२९ जनाको कैद मिनाहा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ फागुन । आज ७ फागुन अर्थात प्रजान्त्र दिवश । सो अवसरमा मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना व्यक्त गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाँक्षा हासिल गर्न प्रजातन्त्र दिवसले थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले प्रजातन्त्र दिवशको पूर्वसन्ध्यामा सन्देश जारी गर्दै यस्तो धारणा व्यक्त गरेकी हुन् ।
सन्देशमा राष्ट्रपति भण्डारीले मुलुकको आर्थिक–सामाजिक रुपान्तरण नेपाली जनताको चाहना भएको र जनताका ती चाहना सम्बोधन गर्न आजको दिनले प्रेरित गर्ने बताएकी छन् । उनले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न प्रजातन्त्रलाई जीवन पद्धति बनाएर अघि बढ्ने प्रेरणा दिने विश्वास व्यक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले प्रजातन्त्र दिवसले सबैलाई प्रजातन्त्रको आधारभूत मूल्य र मान्यता आत्मसात गर्दै अघि बढ्ने उत्प्रेरणा प्रदान गरोस् भनी कामनासमेत गरेकी छन् । राष्ट्रपतिले सन्देशमा प्रजातन्त्रका लागि भएको संघर्षमा जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरेकी छन् ।
यसैबीच राष्ट्रपति भण्डारीले ३२९ कैदीको बा“की कैद मिनाहा गरेकी छन् । राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा ७ फागुनदेखि लागू हुनेगरी प्रकाश थेवेसहित उक्त संख्याका कैदीको कैद मिनाहा गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम राष्ट्रपतिले कैद मिनाहा गरेकी हुन्् ।

प्रतिक्रिया दिनुहोस्