Logo
Logo

रास्वपाको सचिवालय बैठक बस्दै


567
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । सचिवालय बैठक आज(बुधबार) साझ ५ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्न लागेको हो ।

महोत्तरीको जलेश्वरका बसेको केन्द्रीय समिति बैठकबाट थपिएका केन्द्रीय सदस्यहरूलाई आज दिउँसो साढे तीन बजे शपथ गराउने र साँझ ५ बजे सचिवालयको बैठक बस्ने पार्टी उपाध्यक्ष डोलप्रसाद (डिपी) अर्यालले जानकारी दिए।

रास्वपामा थपिएका पदाधिकारीसहित १२ सदस्यीय सचिवालय छ। सहप्रवक्ताबाहेक सबै पदाधिकारी सचिवालयमा छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले सबै प्रदेशमा प्रशिक्षण, अन्तरक्रिया गर्ने तयारी गरेको छ। त्यसमा पदाधिकारी तथा केन्द्रीय सदस्य परिचालनलगायतका विषयमा छलफल गर्न आज सचिवालय बैठक बोलाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्