Logo
Logo

एनसेलको सीईओलाई बयानका लागि बोलाउन रास्वपाको माग


567
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एनसेलको शेयर खरिदब्रिकी प्रकरणको छानविनका लागि आजियटा ग्रुप (एनसेल)का सीईओलाई बोलाउन माग गरेको छ ।

एनसेलको शेयर खरिद ब्रिकीमा अनियमितता गरेको आंशकापछि अर्थ समितिले बोलाएको बैठकमा रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले एनसेलको सीईओ विवेक सुदलाई नै पत्र काटेर छलफलमा बोलाउन माग गरेका हुन् ।

‘लगानी बोर्डका सीईओ, अर्थमन्त्री, टेलिकमका अधिकारी, एनसेलको नेपाली साझेदारलाई पनि सँगै बोलाएर बृहत छलफल गरौँ,’ बैठकमा उनले भने । यसै क्रममा रास्वपाले समितिका सभापति सन्तोष चालिसेसमक्ष माग पत्र समेत बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्