Logo
Logo

टुँडिखेलमा प्रजातन्त्र दिवसको उत्सव (फोटोफिचर)


- दृष्टि न्युज/संवाददाता


  • तस्बिरहरु : रासस

काठमाडौं, ७ फागुन । ७०औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी सैनिक मञ्च टुँडिखेलमा सरिक भएकी छन् । निरंकुश राणा शासनको अन्त्य र प्रजातन्त्रको थालनीको स्मरणमा ७० वर्षयता प्रत्येक वर्ष ७ फागुनमा राष्ट्रिय प्रजातन्त्र दिवस मनाइने गरिएको छ ।

समारोहमा राष्ट्रिय प्रजातन्त्र दिवस २०७६ का मूल समारोह समितिका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणा, सभामुख अग्निप्रसाद सापकोटालगायत उपस्थित थिए । साथै, समारोहमा उपप्रधानमन्त्री, मन्त्रिगण, संवैधानिक नियोगका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकृत एवं कूटनीतिक नियोगका प्रमुखको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाली सेनाको हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो ।

ज्ञात–अज्ञात शहीदहरूप्रति उच्च सम्मान र श्रद्धाञ्जलि अर्पण गर्दै सुर भएको सो समारोहमा राष्ट्रिय गान प्रस्तुत गरिनुका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्काउटलगायतका संघ संस्थाबाट मार्चपास प्रस्तुत गरिएको थियो ।

७०औँ प्रजातन्त्र दिवसको अवसरमा काठमाडौँको टुडिखेलमा आयोजित समारोहमा प्रजातन्त्र दिवसको व्यानरसहित हेलिकोप्टर।

 

समारोहमा मार्च पास गर्दै नेपाली सेना ।

 

 

समारोहमा लाखे नाच प्रस्तुत गर्दै कलाकार ।

प्रतिक्रिया दिनुहोस्