Logo
Logo

प्रधानमन्त्री र वरिष्ठ अमेरिकी अधिकारीबीच भेटवार्ता


315
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचरबीच भेटवार्ता भएको छ ।

नेपाल भ्रमणमा रहेका वरिष्ठ निर्देशक रियर लाउबाचरले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डसँग् शिष्टाचार भेटवार्ता गरेका हुन् ।

उनीहरुबीचको भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्