Logo
Logo

छात्रबृत्ति प्रदान


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ फागुन । काठमाडौंस्थित पाकिस्तानी राजदूतावासले गत शनिबार आठौँ राजदूत छात्रबृत्ति वितरण गरेको छ । सो समारोहमा प्रति विद्यार्थी १० हजारका दरले माध्यमकि र उच्च माध्यमिक तहका ५०० नेपाली विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरियो ।
सो कार्यक्रममा बोल्दै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले यस्ता किसिमका कार्यले दुई देशबीच रहिआएको जनस्तरको सम्बन्ध अझै मजबुत हुने बताए ।
कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत डा. मजहर जावेदले शिक्षाबाट वञ्चित बालबालिकाको शैक्षिक जागरणको लागि पाकिस्तान सरकारले निरन्तर सहयोग गरेको बताए । उनले आगामी वर्षदेखि छात्रबृत्तिको संख्यालाई दोब्बर बनाउने जानकारी दिए ।
यस्तै, नेपाल पाकिस्तान मैत्री तथा सांस्कृतिक संघका अध्यक्ष हिमालयशम्शेर जबराले पाकिस्तानी राजदूतद्वारा गरिएका यस्ता किसिमका प्रयासले दुवै देशका युवाबीच सम्बन्ध अझ सुढृढ हुने बताए । पाकिस्तानी राजदूत छात्रबृत्ति कार्यक्रम सन् २०१३ देखि प्रारम्भ भएको हो ।

प्रतिक्रिया दिनुहोस्