Logo
Logo

आरोप प्रमाणित भए सजाय भोग्न तयार छुः मन्त्री बाँस्कोटा


- दृष्टि न्युज/संवाददाता


कञ्चनपुर, ८ फागुन ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदबारे सार्वजनिक भएको अडियो सम्बन्धमा काठमाडौं फर्किएपछि विस्तृत प्रतिकृया दिने बताएका छन् ।
बिहीबार नेकपा बेलडाँडीद्वारा बेलडाँडी गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले काठमाडौं फर्किएपछि सार्वजनिक भएको अडियोबारे विस्तृत प्रतिक्रिया दिने बताएका हुन् । सेक्युरिटी मेसिन खरिदबारे मन्त्री बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएको छ ।

मन्त्री बाँस्कोटाले आफुमाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार भएको बताएका छन् । उनले यसलाई राजनीतिक रंग दिएर प्रपोगाण्डा मच्चाउन लागिएको प्रारम्भिक प्रतिक्रिया दिए । ‘जसले गल्ती गर्छ, त्यही जान्छ’ मन्त्री बाँस्कोटाले भने, ‘यस्ता विषयले पार्टीलाई लैजाने होइन, आत्तिनु पर्दैन, मैले गल्ती गरेको भए मै जाउँला ।’
मन्त्री आजै बेलौरीमा टेलिकमको उद्घाटन र पुनर्वासमा कार्यकर्ता भेटघाट गरेर काठमाडौं फर्किने कार्यक्रम छ । उनी बुधबार महेन्द्रनगरमा सुरु भएको सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन गर्न यहाँ आएका थिए ।
सेक्युरिटी प्रेसका एक एजेन्टसँग उनले पैसा मागेको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्