Logo
Logo

सडक नबनेपछि स्थानीयले निकाले विरोध र्‍याली


रासस

504
Shares

सुर्खेत । मङ्गलगढी–काँक्रेविहार सडक स्तरोन्नतिको काम रोकिएपछि यहाँका स्थानीयले प्रदेश राजधानी वीरेन्द्रनगरमा विरोध ¥याली निकालेका छन् । लाटीकोइली युवा समाजको अगुवाइ र स्थानीयको सहभागितामा आज लाटिकाइलीबाट वीरेन्द्रचोक हुँदै मङ्गलगढीसम्म सरोकारवालाको ध्यानाकर्षण गर्दै दबाबमूलक विरोध र्‍याली निकालिएको हो ।

सडक कालोपत्र सुरु नगरी निर्माण कम्पनी सम्पर्कविहीन भएपछि विरोध र्‍याली निकालिएको समाजका सदस्य थोमस गौतमले बताउनुभयो । अठार महिनाभित्र सक्ने गरी काम सुरु भए पनि पाँच वर्षसम्म सडक निर्माण नहुँदा विरोध ¥याली निकालिएको उनको भनाइ छ ।
कालोपत्रको काम बीचैमा छाडेर ठेकेदार भागेपछि धुलोले घरमा बस्न नसकिने अवस्था भएको स्थानीय दिलबहादुर महताराले बताउनुभयो । सडक स्तरोन्नतिका लागि रु १२ करोड ७६ लाख १५ हजारमा अमर सिस्ने नेपाल मेघा जेभीले ठेक्का पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्