Logo
Logo

आगामी महाधिवेशनले नेतृत्व परिर्वतन गर्छ : डा. कोइराला


- दृष्टि न्युज/संवाददाता


गाइघाट, ८ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली आगामी चौधौँ महाधिवेशनले केन्द्रीय नेतृत्व परिवर्तन गर्ने बताएका छन् ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति उदयपुरद्वारा बुधबार आयोजित तीनदिने जिल्ला पार्टी सुदृढीकरण तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले लोकतन्त्र सुदृढीकरणमा नेपाली कांग्रेसको भूमिका अहँम रहने र लोकतन्त्र रहेमात्र विकास हुने बताए ।
कांग्रेस उदयपुरका पार्टी प्रवक्ता मदनराज कटुवालका अनुसार सम्बोधनमा क्रममा केन्द्रीय सदस्य डा कोइरालाले पार्टी गुठउपगुठको कारण कमजोर बन्न नहुनेमा जोड दिएक थिए । ‘सरकारले दम्भको राजनीति गर्न हुँदैन । यसले लोकतन्त्र संकटमा पर्न सक्छ’ उनले भने । केन्द्रीय सदस्यद्वय गुरुराज घिमिरे र बद्री पाण्डेले पार्टीलाई पुरानै अवस्थामा पु¥याउन कार्यकर्ता एकजुट भई लाग्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्