Logo
Logo

साढे दुई अर्बको ऋणपत्र ल्याउँदै सिटिजन्स बैंक


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ फागुन । सिटिजन्स बैंक इन्टरनेसनलले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र ल्याउने भएको छ । बैंकले ‘१०.२५५ सिटिजन्स बैंक ऋणपत्र २०८६’ नामक ऋणपत्र बजारमा निष्काशन गर्न लागेको हो ।
बैंकले त्रैमासिक व्याज भुक्तानी भएको उक्त ऋणपत्र १० वर्षको अवधिका लागि हो । २ अर्ब ५० करोड रुपैयाँ बराबरको प्रतिऋणपत्र एक हजार रुपैयाँ अंकित मूल्यका २५ लाख कित्ता निष्काशन गर्न लागेको बैंकले जनाएको छ । जसमध्ये १० लाख कित्ता ऋणपत्रले हुन आउने कुल १ अर्ब रुपैयाँ ऋणपूँजी रकम (५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टयाइएको समेत) सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने छ । बाँकी १५ लाख कित्ता ऋणपत्रले हुन आउने कुल १ अर्ब ५० करोड रुपैयाँ ऋणपूँजी रकम विभिन्न व्यक्ति वा संघ संस्थाहरुलाई व्यक्तिगत तर्फबाट बिक्री गरिने बैंकले जनाएको छ ।
बैंकले निष्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलबाट सो मात्राको ऋणपत्र निष्काशन गर्न लागेको हो ।
ईक्रा नेपालले उक्त ऋणपत्र निष्काशन गर्न बैंकलाई आईसीआरएएनपी एलबीबीबी पल्स रेटिङ प्रदान गरेको छ । जसले कम्पनी वित्तीय दायित्व पूरा गर्न सुरक्षित रहेको मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्