Logo
Logo

सञ्चारमन्त्रीलाई राजिनामा गराउने तयारी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ फागुन ।
विवादास्पद अडियो बाहिर आएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई राजिनामा गराउने तयारी सुरु भएको छ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले यसबारे पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग छलफल गरेका छन् ।


प्रचण्डले राजिनामा गराउन सुझाव दिएका छन् । त्यसबारे सोधपुछका लागि प्रधानमन्त्री ओलीले मन्त्री बाँस्कोटालाई बोलाएका छन् ।
प्रतिपक्षी कांग्रेसले मन्त्री बाँस्कोटाको राजिनामा माग गरी राष्ट्रियसभा अवरुद्ध गरेको छ । भने अन्य दलहरुले भने मन्त्रीको राजिनामा मागेका छन् ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा स्वीस कम्पनीका एजेन्टसँग गरेको कुराकानीको रेकर्ड बाहिरिएको थियो । आफ्नो कम्पनीले ठेक्का नपाउने भएपछि एजेन्ट विजयप्रकाश मिश्रले अडियो रेकर्ड गरेर बार्गेनिङ गर्दै आएका थिए । उनैले अडियो सार्वजनिक गरेका हुन् ।
मन्त्री बाँस्कोटाले भने आफूले त्यस प्रकरणको वास्तविकता सार्वजनिक गर्र्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्